सीमित स्रोत र असीमित सपना बोकेर एसियाडमा नेपाली स्क्वास

चारैतिर पारदर्शी काँचका पर्खालहरू, तीव्र गतिमा ठोक्किएर फर्कने सानो रबरको बल र प्रत्येक सेकेन्ड श्वास फेर्नै धौ–धौ पर्ने उच्च गतिको शारीरिक–मानसिक घम्साघम्सी । स्क्वास खेलको यो कोर्टभित्रको दृश्य केवल एउटा खेलमात्र होइन, अभावका विशाल पर्खालहरूका बिच छातीमा रातो र नीलो झण्डा टाँसेर देशको गौरवका लागि लड्ने नेपाली खेलाडीहरूको अदम्य साहस र आत्मसम्मानको वृतान्त पनि हो […]