भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा ८ खर्ब लाग्ने प्रारम्भिक अनुमान : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबाट भएको व्यापक क्षतिपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ८ खर्ब नेपाली रुपैयाँ) सम्म आवश्यक पर्न सक्ने सरकारको प्रारम्भिक अनुमान देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका हुन्। […]