दुई दिनमा उपत्यकामा १६ हजार ३७० सिलिन्डर ग्यास वितरण, भदौ १ देखि नियमित विक्रेताबाट बिक्री

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३७० सिलिन्डर खाना पकाउने एलपी ग्यास बिक्री वितरण गरिएको छ। बजारमा विक्रेताबाट सहज रूपमा ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा विशेष बिक्री केन्द्रमार्फत ग्यास उपलब्ध गराएको हो। निगमका अनुसार आइतबार टेकु, […]