पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल पोखरा महानगरपालिका-२५, हेम्जा म्याग्दी चोकस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। म्याग्दी धौलागिरी गाउँपालिका–२, लुलाङ बस्ने १६ वर्षीय अनिल विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा […]