काठमाडौं–१९ का बासिन्दाले छत्रपाटी चिकित्सालयबाट ११ हजार १७० रुपैयाँसम्म निःशुल्क उपचार पाउने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १९ का स्थायी बासिन्दाले छत्रपाटी निःशुल्क चिकित्सालयबाट प्रतिव्यक्ति ११ हजार १७० रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने भएका छन्। निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय र चिकित्सालयबीच सम्झौता भएको हो। सम्झौतापत्रमा वडा अध्यक्ष राजेशकुमार श्रेष्ठ र चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बिरामीले पाँच दिनसम्मको […]