जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । […]