ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रश्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै उहाँले ट्रमा सेन्टर निर्माणको लागी टेन्डर प्रक्रिया पूरा भइसकेको बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाईल पुगिसकेको जानकारी दिनुभयो […]