काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति […]