तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौं– स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा दुर्गमका तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित स्वस्तिश्री गुरुकुल आइबी कन्टिन्युम स्कुलमा आज आयोजित कार्यक्रममा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका–१० लाकुरीभञ्ज्याङस्थित कालीदेवी माध्यमिक विद्यालय तथा वासुकी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो […]