काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मंगलबार ‘प्रहरी एप’ मार्फत नै पीडितले उजुरी दिन सक्ने व्यवस्थाको सुरु भएको जानकारी दिए । नेपाल प्रहरी रणनीति योजना २०८३–२०८५ सार्वजनिक गर्दै पीडितले आफू पीडित भएको प्रमाणसहितको उजुरी प्रहरी एपमार्फत नै गर्न सकिने जनाएका हुन् । […]