इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा हमला गरेको दाबी गरेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हमला पाल्माछिम एयरबेस र ओभ्डा एयरबेसमा हमला गरिएको हो। यीमध्ये एउटा एयरबेस भूमध्यसागर किनारमा रहेको याभेन सहरनजिक अवस्थित छ। रिपोर्टका अनुसार शिन बेट (इजरायलको आन्तरिक गुप्तचर एजेन्सी) को मुख्यालयलाई पनि ड्रोन हमलामा निशाना बनाइएको छ। यद्यपि, […]