अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ । विभागले सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको […]