राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा समिति सभापतिसँग छलफल, नियमित काम सक्रिय बनाउन निर्देशन

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत रहेका विषयगत समिति सभापतिहरूसँग अनौपचारिक छलफल गरेका छन्। बिहीबार सम्पन्न छलफलमा समितिको कामकाज, समसामयिक विषयहरूमा निगरानी र सरकारसँगको सहकार्यबारे चर्चा गरिएको हो। विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार, छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटबारे जानकारी गराउँदै राष्ट्रियसभा स्थायी सदन भएकाले समितिहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड […]