काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहोर फाल्नेलाई कारबाही गरिने भएको छ। यसका लागि महानगर प्रहरीले आउने शनिबारदेखि गस्ती गर्नेछ। नदी र नदीकिनारमा कसैले फोहोर फालेको भेटिए कारबाही गर्ने महानगरले जनाएको छ। काठमाडौँ ११‚ थापाथलीमा भएको बागमती सफाइ अभियानकर्मीको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले यसबारे जानकारी दिए। विगत १३ वर्षदेखि बागमती […]