एनपीएल : काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको चुनौती

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील)अन्तर्गत आज (मंगलबार) को खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो। यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे। […]