नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएकी छन् । बीसौँ संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्चका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले नेपालसँग संरक्षणका लागि नीति, कानुन र संस्थागत संरचनाहरू रहेका र वन क्षेत्र विस्तार तथा बाघ गैँडाको सङ्ख्या वृद्धि अन्तरराष्ट्रिय रूपमा उदाहरणीय रहेको उल्लेख गरिन् । […]