ब्रिक्समा नेपाल नबोलाइनुमा भारतभन्दा नेपालको कूटनीतिक कमजोरी जिम्मेवार

काठमाडौँ ।  ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको विषयमा भारतलाई दोष दिनुभन्दा नेपालको कमजोर कूटनीतिक तयारी र रणनीतिक असान्दर्भिकतामाथि समीक्षा गर्नुपर्ने परराष्ट्र मामिलाका विश्लेषक अरुण सुवेदीले बताएका छन्। सुवेदीका अनुसार नेपाल ब्रिक्सको सदस्य वा साझेदार राष्ट्र नभएकाले सम्मेलनमा आमन्त्रण पाउनु नेपालको अधिकार थिएन। आमन्त्रणका लागि भारत वा अन्य सदस्य राष्ट्रले नेपाललाई रणनीतिक रूपमा उपयोगी साझेदारका रूपमा हेर्ने वातावरण नेपालले नै निर्माण गर्नुपर्ने उनको भनाइ छ। उनले नेपालले भारत, चीन र रुसजस्ता रणनीतिक महत्त्वका मुलुकमा लामो समयसम्म […]