काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदुषण एक सातादेखि उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ […]