काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार विराटनगर पुगेकी छन्। घटना लगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्। मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र […]