हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट नष्ट भएको छ । सात कोठे भवन आगलागी हुँदा सुन तीन तोला, चाँदी १०० तोला नगद दुई लाख गरी जम्मा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।