ढाका- बङ्गलादेशको आतङ्कवाद प्रतिरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोजतलासीका क्रममा पक्राउ परेका एक पूर्व सैनिकमाथि सोधपुछ सुरू गरेको छ । पूर्वसैनिक मोहम्मद राहद हुसेन महेदलाई भारतीय सीमा नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उत्तरपूर्वी जिल्लाको मौलभीबजारस्थित प्रहरी चौकीका प्रमुख मोहम्मद मोनिरुज्जमानले बताए । प्रतिआतंकवाद […]