पर्वत। आफ्नै माटोमा भएको अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आएका छन्। पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएका हुन्। एक्काइस वर्ष लामो प्रहरी सेवा र […]