परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा संघीय सरकारका मन्त्रीलाई प्रशिक्षण दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई जानकारी गराएका थिए। राईले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे प्रस्तुती दिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय […]