ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५५६ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १५४ जना नियमविपरीत राइड […]