काठमाडौं- नेपाली सञ्चारजगतको नियामक निकाय प्रेस काउन्सिल नेपालले आइतबार विभिन्न अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमूखीकरण कार्यक्रम गरेको छ । नयाँ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालक र उक्त अनलाइनमा कार्यरत सम्पादकहरूलाई पत्रकार आचारसंहिता अभिमूखीकरण कार्यक्रम काउन्सिलको सभा हलमा गरिएको हो । यो कार्यक्रम काउन्सिलले थालेको अभिमुखीकरणअन्तर्गतको ६१ औँ श्रृङ्खला हो । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष […]