काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सकिएको छ। प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सकिएर ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा […]