हाम्रो कर्मचारी तन्त्र राम्रो हो, पढाइ पनि राम्रो तर खिया लागेको छ: स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम

स्वास्थ्य संस्थाहरूमा उपचारका क्रममा त्रुटि सम्भव हुने कुरा स्वीकृत भएपनि प्रत्येक घटनाको कारण गहिरोसँग पहिचान गर्नुपर्ने आवश्यकता उनले जोड दिइन्। उनले समयमै उपचार नपुगेको, आवश्यक काम नगरेको वा सानो गल्तीसमेत गम्भीर परिणाममा पुग्न सक्ने बताउँदै थपिन्, 'अब सबै आफ्नो अधिकारप्रति सचेत छन्, न्यायालयसम्म मुद्दा पुग्ने अवस्था छ, त्यसैले अझ चनाखो र जिम्मेवार हुनुपर्छ।'