आन्दोलनको नेतृत्व जेन-जेडलेगरे पनि यसको आवाज बेबी बुमरका रामदेखि अल्फा पुस्ताकी सीताको सम्मिलित हुटहुटी हो। यसको म्यान्डेट स्पष्ट छ- नयाँ, सक्षम व्यक्तिहरू राजनीति र निर्णायक भूमिकामा आउनु; पुराना पार्टीका पहिलो तथा दोस्रो पुस्ताका नेताहरूले सम्मानपूर्वक अवकाश लिनु र अवकाशपछि यी दश अर्थपूर्ण उपायहरू अपनाएर व्यक्तिगत जीवन र राष्ट्र दुवैमा सबैभन्दा ठूलो योगदान पुर्याउनु।