ई ड्राइभ नेपालले थप्दै ५० वटा एमजी विन्डसर ईभी, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

काठमाडौं। विद्युतीय राइड सेयरिङ कम्पनी ई ड्राइभ नेपालले आफ्नो व्यावसायिक फ्लीटमा ५० वटा एमजी विन्डसर कम्युट ईभी थप्ने भएको छ। यसका लागि जेएसडब्लू एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई ड्राइभ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौताअन्तर्गत पहिलो चरणमा बिहीबार १६ वटा एमजी विन्डसर ईभी ई ड्राइभ नेपाललाई हस्तान्तरण गरिएको छ। […]