हर्मुज खोल्न ८० देशको आह्वान

न्युयोर्क, ९ असोज । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको […]