डा. सुधा गौतमले नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउने दिशामा अघि बढाउनुपर्ने बताएका छन्। नेपाल औषधि उत्पादक सङ्घले आयोजना गरेको १०औँ नेपाल फर्मा एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गौतमले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी समन्वय भए स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिने बताएका हुन्। उनले पछिल्ला वर्षहरूमा नेपाली औषधि उद्योगले […]