बङ्गालको खाडीमा रहेको ‘अर्णव’ चक्रवातको प्रभावले आगामी बिहीबारदेखि नेपालको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै गर्न र पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। सोमबार अपराह्न ४ बजे जारी विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि सुरु हुने प्रभाव विशेषगरी शुक्रबार र शनिबार बढी देखिने सम्भावना […]