मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर करिब ९ प्रतिशत

मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ३३९औँ बैठकले ८.७५ प्रतिशत लाभांश दर कायम भएको उक्त सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अग्राधिकार सेयर संस्थागत लगानीकर्तालाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्नेछ। […]