संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार जिबुटीबाट यमनतर्फ जाँदै गरेको करिब ३०५ जना सवार डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ भन्दा बढी बेपत्ता भएका छन्। जीवित घाइतेहरूको भनाइ उद्धृत गर्दै आइओएमले जनाएअनुसार उक्त डुङ्गा जिबुटीको ओबोक बन्दरगाह नजिकै रहेको गुहेरे भन्ने ठाउँमा अक्टोबर ८ देखि ९ को मध्यरातमा […]