मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल-चीन उत्तरी कोरला नाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरला नाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो । क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा […]