अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ९ महिनामा इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)ले गिरफ्तार गरेका करिब २ लाख २० हजार व्यक्तिमध्ये एक तिहाइभन्दा बढीको कुनै आपराधिक इतिहासै नभएको नयाँ तथ्याङ्कले खुलासा गरेको छ। क्यालिफोर्निया विश्वविद्यालय बर्क्लीको ‘डिपोर्टेशन डेटा प्रोजेक्ट’ ले दायर गरेको मुद्दापछि प्राप्त यी तथ्याङ्कले प्रशासनको आप्रवासन नीति र वास्तविक कार्यान्वयनबीचको ठुलो अन्तर देखाएको छ। […]