नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक साइमा वाजेदले बुधबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। रोयटर्सका अनुसार वाजेदले डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसलाई पठाएको राजीनामा पत्रमा संगठनको नेतृत्वप्रति आफ्नो विश्वास गुमेको उल्लेख गरेकी छन्। वाजेदमाथि आर्थिक ठगी, शैक्षिक योग्यताबारे गलत विवरण […]