केन्टकीका सुनिल श्रेष्ठले नेपालको बाढीमा गुमाए पाँच आफन्त, दाइ चमत्कारिक रूपमा बाँच्न सफल

सुनिल श्रेष्ठ केन्टकीमा ब्युँझिँदा उनको फोनमा नेपालबाट आएका दर्जनौँ सन्देश थिए। भाइबरमा ९० भन्दा बढी सन्देश जम्मा भइसकेका थिए। उनकी सानी छोरीको जन्मदिन थियो। त्यसैले सुरुमा उनले ती सन्देशहरू छोरीलाई जन्मदिनको शुभकामना दिन पठाइएका होलान् भन्ने ठाने। फोनमा आएका सन्देशहरू उनले तुरुन्तै ध्यान दिएर हेरेनन्। तर जब पढ्न थाले, उनको संसार नै बदलियो। काठमाडौंको यात्रा […]