उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस अब प्रदेश सरकार र मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक गरेको सूचनाअनुसार प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने यस्ता उद्योगका लागि आवश्यक मेसिनरी, औजार, कच्चा पदार्थलगायतका सिफारिस सम्बन्धित प्रदेश सरकार वा त्यसअन्तर्गतका निकायबाट प्रदान गरिनेछ। यस्तै, रसायन आयात, बण्डेड वेयरहाउस, कच्चा पदार्थ […]