जसपा नेपाल धनुषा जिल्ला नेतृत्व छनोटका लागि मतदान हुँदै
जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको नयाँ नेतृत्व छनोटका निर्वाचन हुने भएको छ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहीबारदेखि जारी प्रथम जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरु भएको हो।