सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमार्फत दुवै पक्षबिँच सहमति भएको हो । छलफलमा उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा देखिने प्रदूषण नियन्त्रणका लागि उपाय अपनाउने प्रतिबद्धता जनाएको […]