गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू)

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए। गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा […]