काँक्रेविहार– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिए । रमण निर्माण […]