गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ । […]