स्वास्थ्य मन्त्रीलाई डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनको ३५ बुँदे माग
ज्ञापनपत्रमा विशेषगरी ग्रामीण क्षेत्रमा सीमित स्रोतका बाबजुद सेवा दिइरहेका डेन्टल हाइजेनिष्ट र असिस्टेन्टहरूमाथि हुने दुर्व्यवहार, अनुगमनका नाममा गरिने अपमानजनक व्यवहार र 'सेवा दिन मिल्दैन' भनी फैलाइने भ्रमप्रति गम्भीर आपत्ति जनाइएको छ।