चुनाव केन्द्रित डिजिटल प्रचारमा दलहरूको लाखौं खर्च, बागमतीबाट मात्रै २० हजार डलर बढी

नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप राजनीतिक दलहरुकाले हजारौँ डलर खर्च गरेका पाइएको छ । ३० दिनको अवधिमा फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । […]