काँक्रेविहार– कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारिसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारिसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध […]