टन्सिल हाम्रो शरीरको प्रहरी हो। तर जब यो थाक्छ, संक्रमित हुन्छ, तब यसलाई शत्रु होइन, साथीझैं हेरिनु पर्छ — उचित हेरचाह र सही औषधिले निको पार्न सकिन्छ। गलत उपचार र बेवास्ताले मात्रै यसको “ब्यथा” ब्यथित बनाउँछ। सजग अभिभावक, जिम्मेवार चिकित्सक, र विवेकपूर्ण औषधि प्रयोग — यी तीनै साथमा भए, टन्सिलको पीडा पनि घट्छ, र मुटु पनि सुरक्षित रहन्छ।