भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा ल्याएको छ। अब ब्राकिथेरापी आवश्यक पर्ने बिरामीले परीक्षणदेखि उपचारसम्मका सबै सेवा एकै कोठामा प्राप्त गर्न सक्ने भएका छन्, जसले उपचार प्रक्रिया झनै छरितो, सुरक्षित र बिरामीमैत्री हुने सेन्टरले जनाएको छ।