काठमाडौँ। बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले बुधबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी आवागमन सञ्चालन भइरहेको जनाएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट- नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ […]